किन सनस्क्रिन अनिवार्य छ ?
धेरैले सोच्ने गर्छन् — “घाम लाग्दा मात्र सनस्क्रिन लगाउने हो।” तर यो गलत धारणा हो। सूर्यबाट आउने अल्ट्राभायोलेट (UV) किरणहरू बिहानदेखि बेलुकासम्म लगातार सक्रिय रहन्छन्, चाहे आकाशमा बादल किन नहोस् वा मौसम चिसो किन नहोस्।
यी किरणहरूले दीर्घकालीन रूपमा छालामा निम्न असर पार्न सक्छन् :
- छालाको अकालमै बुढ्यौली (Premature Aging) ल्याउँछ।
 
अनुहारको एकपट्टि (झ्याल तिरको भाग)लामो समयसम्म घाम लाग्नेभएको र अर्को पट्टि छायाँमा पर्थ्यो।
त्यसैले अहिले उनको अनुहारको घाम लाग्ने भागमा अत्यधिक चाउरीहरू देखिन्छन् र अर्को भागमा कम चाउरीहरू छन्।
- कालो दाग, चायापोतो, फ्रेकल्स जस्ता समस्या बढाउँछ।
 - छालामा जलन, रातोपन, र चिलाउने समस्या उत्पन्न गर्न सक्छ।
 - दीर्घकालमा छालाको क्यान्सर सम्मको जोखिम बढाउँछ।
 
👉 त्यसैले, सनस्क्रिनको दैनिक प्रयोग छालाको दीर्घकालीन स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ।
यो तपाईंको छालालाई स्वस्थ, उज्यालो र जवान देखिन मद्दत गर्छ।
🌤️ सनस्क्रिनका प्रमुख प्रकारहरू
सनस्क्रिनका दुई प्रमुख प्रकार हुन्छन् — फिजिकल (Mineral Sunscreen) र केमिकल (Chemical Sunscreen)।
दुवै प्रकारले छालालाई UV किरणबाट बचाउँछन् तर तिनीहरूको कार्य गर्ने तरिका फरक हुन्छ।
फिजिकल (मिनरल) सनस्क्रिन
यसमा Zinc Oxide वा Titanium Dioxide जस्ता प्राकृतिक खनिज हुन्छन्।
छालाको माथिल्लो सतहमा एक संरक्षण आवरण (Protective Barrier) बनाउँछन्।
यो प्रकारको सनस्क्रिन संवेदनशील छाला (Sensitive Skin) भएका व्यक्तिहरूका लागि उपयुक्त हुन्छ।
बच्चा, गर्भवती महिला वा लेजर, पील जस्ता उपचारपछि प्रयोग गर्न सुरक्षित हुन्छ।
केमिकल सनस्क्रिन
यसमा Avobenzone, Octocrylene, Oxybenzone जस्ता रासायनिक तत्वहरू हुन्छन्।
दैनिक प्रयोग वा मेकअपअघि प्रयोग गर्न उत्तम विकल्प हो।
⚠️ तर, संवेदनशील छालामा कहिलेकाहीँ जलन वा एलर्जी हुन सक्छ, त्यसैले आफ्नो छालाको प्रकार अनुसार छनोट गर्नुहोस्।
हाइब्रिड सनस्क्रिन
यो आधुनिक प्रकार हो — जसमा फिजिकल र केमिकल दुवै तत्व मिसिएका हुन्छन्।
यो कारणले गर्दा हाइब्रिड सनस्क्रिन सन्तुलित सुरक्षा चाहने व्यक्तिहरूका लागि उत्कृष्ट विकल्प हो।